Logo
Logo

थप ६ लाख ६४ हजार डोज फाइजर खोप नेपाल ल्याइयो


756
Shares

काठमाडौं । कोभ्याक्स सुविधाअन्तर्गत थप ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप नेपाल ल्याइएको छ ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका अनुसार शुक्रबार बिहान उक्त खोप नेपाल ल्याइएको हो । नेपाल ल्याइएको उक्त खोप टेकुमा भण्डारण गरिएको छ ।

पुस १३ गतेदेखि काठमाडौँ उपत्यकासहितका ८ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोर–किशोरीलाई फाइजर खोप लगाउने तय भइसकेको छ ।

नेपालले यसअघि कार्तिकमा कोभ्याक्स सुविधामार्फत १ लाख ६२० डोज फाइजर खोप प्राप्त गरेको थियो । उक्त खोप १२ वर्ष माथिका दीर्घ रोगीका बिरामीहरूलाई लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्