काठमाडौं । नेपाल प्रहरीका एसएसपी सुशील कुमार यादब मृत अवस्थामा भेटिएका छन् । संघीय प्रहरी कार्यालय, भैरहवास्थित आफ्नै कार्यालयमा उनी मृत भेटिएका हुन् ।
कार्यालयमा झुन्डिएको अवस्थामा उनी भेटिएको र प्रहरीले परिवारलाई खबर गरेको छ । उनी त्यहाँ कार्यालय प्रमुखका रुपमा कार्यरत थिए । जिप्रका रुपन्देहीका डिएसपी नवरत्न पौडेल नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।प्रारम्भिक आँकलनमा उनले आत्महत्या गरेको देखिएको छ । कार्यालयमै रहेको क्वाटरमा भित्रबाट चुकुल लगाएको र झुन्डिएको अवस्थामा देखेपछि प्रहरीले शव नछोई परिवारलाई खबर गरेको हो ।
एसएसपी यादब अवकाशको मुखमा थिए ।बढुवा नभएकोमा पनि उनी फ्रस्टेसनमा रहेको बताइन्छ ।