Logo
Logo

सेन्ट्रल जोन भलिबलमा नेपालको लगातार जित


252
Shares

काठमाडौँ । नेपालले एभीसी सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबलमा लगातार दोस्रो जित निकालेको छ । ढाकामा जारी प्रतियोगितामा नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको हो ।

नेपालले माल्दिभ्समाथि २५–११, २५–०९ र २५–०५ को विजय हासिल गरेको हो । पहिलो खेलमा नेपालले श्रीलंकालाई ३–२ को सेटमा पराजित गरेको थियो ।

साविक विजेता नेपालले बंगलादेश र उज्वेकिस्तानसँग खेल्न बाँकी छ । नेपालले आफ्नो तेस्रो खेल शनिबार बंगलादेश र चौथो खेल आइतबार उज्वेकिस्तानसँगको खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्