Logo
Logo

महासचिवको बलियो दाबेदार मानिएका अनन्त महाधिवेशनमा सहभागी नहुने


9.3k
Shares

फाइल फोटो

काठमाडौं । महासचिवको रुपमा चर्चामा रहेका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ पार्टीको आठौं राष्ट्रिय महाधिवेशनमा सहभागी नहुने भएका छन् ।

चीनमा उपचार गराइरहेका पुन स्वास्थ्यमा सुधान आउने क्रम जारी रहेतापनि चिकित्सकले तत्काल उपचारबाट अलग नहुन सुझाव दिएपछि महाधिवेशनमा सहभागी नहुने भएका हुन् ।

नेकपा माओवादी केन्द्रमा अनन्तलाई प्रचण्ड पछिको नेतृत्वको रुपमा हेर्ने गरिएको छ । त्यसैले यसै महाधिवेशनबाट अध्यक्ष प्रचण्डले उनलाई महासचिवको जिम्मेवारी दिनसक्ने सम्भावना रहेको समेत चर्चा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्