Logo
Logo

पालोको पैँचो तिर्दै ओली, माओवादीको महाधिवेशनमा सहभागी नहुने


5.5k
Shares

फाइल फोटो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा सहभागी नहुने भएका छन् ।

माओवादीले महाधिवेशनको उद्घाटन समारोहमा अथितिको रुपमा निमन्त्रणा गरे पनि गृह जिल्ला झापामा रहेकाले अध्यक्ष ओली सहभागी हुन नसक्ने उनको सचिवालयले जानकारी दिएको छ ।

यसअघि चितवनमा सम्पन्न एमालेको १०औं महाधिवेशनमा निम्तो पाए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएनन् । प्रचण्डले नेता लिलामणी पोखरेललाई पठाएका थिए । त्यसैले ओली पनि माओवादीको महाधिवेशनमा सहभागी नहुने निर्णयमा पुगेको हुनुसक्ने आनुमान गरिएको छ ।

ओली आफू माओवादीसको सम्मेलनमा सहभागी नहुने भएपनि प्रतिनिधिको रुपमा कसलाई पठाउने हो भन्ने जानकारी प्राप्त भएको छैन ।

प्रतिक्रिया दिनुहोस्