Logo
Logo

माओवादी केन्द्रको महाधिवेशन समय दुई दिन थपियो


1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले महाधिवेशनको बढाउने निर्णय गरेको छ । राष्ट्रिय सम्मेलनबाट महाधिवेशनमा परिणत गरेसँगै आठौँ महाधिवेशनको समय दुई दिन लम्बिएको हो ।

आइतबार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टी केन्द्रीय कमिटी बैठकले राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत भएपछि ११ देखि १३ सम्म हुने कार्यक्रम २ दिन थप गर्ने निर्णय भएको केन्द्रीय सदस्य अजय शंकर नायकले बताए । महाधिवेशन हुने भएपछि विचारहरूको बहस अलिक धेरै गर्नुपर्ने भएकाले समय थपिएको उनको भनाइ थियो ।

यसअघि बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय केन्द्रीय कमिटीबाट अनुमोदन गरेको थियो । देशभरि नेतृत्व चयनको प्रक्रिया उत्साहजनक रुपमा सम्पन्न भएको आधारमा यसलाई महाधिवेशन भन्ने निष्कर्षमा आफू पुगेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताए ।

यसअघि शनिबार साँझ बसेको स्थायी कमिटी बैठकले पनि सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्