काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले २०७८ पुस ९ गते १४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले आव २०७७÷७८ को बार्षिक प्रतिबेदन पारित गरी आव २०७८÷७९ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरुसँगै शेयरधनी महानुभावलाई ०.६८२४ प्रतिशत नगद लाभांश (कर प्रयोजन) र १३ प्रतिशत बोनस शेयरसहित कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न १४आंै वार्षिक साधारणसभामा बैंकले कोभिड – १९ को परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट शेयरधनी महानुभावहरुलाई सहभागिता गराएको थियो । सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आव २०७७÷७८ को बार्षिक प्रतिवेदनउपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी भएका शेयरधनीले राखेका जिज्ञासाको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेशसिहं बोहराले स्पष्ट पारेका थिए ।
लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभरका ३१ वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाखभन्दा बढी ग्राहक महानुभावलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।