Logo
Logo

संवादहिनता तोडियो, प्रचण्ड र ओलीबीच फोन संवाद


6.1k
Shares

फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच लामो समयपछि टेलिफोन संवाद भएको छ ।

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको सन्दर्भमा प्रचण्ड र ओलीबीच टेलिफोन संवाद भएको हो । यो सँगै प्रचण्ड–ओली संवादहिनता तोडिएको छ । ओलीसँग टेलिफोन संवाद भएको प्रचण्ड आफैले खुलासा गरेका हुन् ।

महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने– ‘नेकपा एमालेका अध्यक्ष केपीजीसँग फोनमा कुरा भयो । उहाँलाई हाम्रो महाधिवेशनमा आउनुस् भने तर उहाँले पूर्वनिर्धारित कार्यक्रमका क्रममा झापा पुगेको छु आउन नसक्ने भए, महासचिवलाई पठाउछु भन्नु भयो ।’

ओलीलाई महाधिवेशनको उद्घाटन समारोहमा अथितिको रुपमा निमन्त्रणा गर्न प्रचण्डले फोन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्