Logo
Logo

माओवादी केन्द्रको आठौँ महाधिवेशन : आजबाट बन्दसत्र सुरु हुँदै


630
Shares

काठमाडौं । हिजोबाट काठमाडौंमा सुरु भएको नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ ।

प्रज्ञा भवन कमलादीमा ११ बजेदेखि बन्दसत्र सुरु हुने माओवादीले जनाएको छ । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदन पेस हुनेछ।

बन्दसत्रमा कुल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने माओवादीले जनाएको छ । बन्दसत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्