Logo
Logo

किशोर किशोरीको शव फेला


693
Shares

काठमाडौं। कैलालीमा एक किशोर र एक किशोरीको शव फेला परेको छ । कैलालीको गौरीगंगा नगरपालिका ३ को जुनेली शिविरमा स्थानीय खुसीराम चौधरीकी १६ वर्षीया छोरी सन्जु र सोही ठाउँका बाँधुराम चौधरीका १९ वर्षीय छोरा मायाराम चौधरी आइतबार साँझ मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसप० वेदप्रकाश जोशीले सन्जु आफ्नै घरभित्र दोपट्टाले झुुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । त्यसको करीब दुई सय मिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मायाराम मृत फेला परेको जोशीले जानकारी दिए । प्रहरीका अनुसार मृत्युको कारण पत्ता लागेको छैन् ।

प्रतिक्रिया दिनुहोस्