Logo
Logo

कांग्रेसले तोक्यो १६ जिल्लामा अधिवेशन मिति


1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसले १६ जिल्लामा यही पुस २७ गते अधिवेशन गर्ने निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सोमबार विज्ञप्ति जारी गरी १६ जिल्लामा २७ गते अधिवेशन गर्ने जनाएको हो ।

महाधिवेशनअघि ६१ जिल्लामा अधिवेशन भए पनि १६ जिल्लामा हुन बाँकी थियो । प्रदेश २ का आठ जिल्ला र बागमती प्रदेशमा चितवन, सिन्धुली, मकवानपुर र सिन्धुपाल्चोक, जिल्ला अधिवेशन रोकिएको थियो । गण्डकीमा प्रदेशमा पनि नवलपरासी पूर्वको जिल्ला अधिवेशन हुन बाँकी छ भने लुम्बिनी प्रदेशमा बाँकेमा पनि जिल्ला अधिवेशन सम्पन्न हुन सकेको छैन ।

यस्तै सुदूरपश्चिम प्रदेशका कैलाली र अछाममा पनि जिल्ला अधिवेशन रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्