काठमाडौं । सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा आजदेखि ‘सशस्त्र प्रहरी महानिरीक्षक कप,२०७८’ सुरु भएको छ । प्रतियोगितामा फुटबल, भलिबल र एथलेटिक्सका विभिन्न विधामा खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा १८ महिलासहित कूल ३५१ खेलाडीको सहभागिता छ । प्रतियोगितामा सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयका एक÷एक टोलीसहित नौ समूह सहभागी छन् ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले फुटबलका राष्ट्रिय रेफ्री मधुकर आचार्यलाई खेलकुद सामग्री हस्तान्तरण गरी उक्त प्रतियोगिताको शुभारम्भ गरे ।