Logo
Logo

राष्ट्रिय जागरण परिषद नेकपा एकीकृत समाजवादीमा सामेल हुने


79.1k
Shares

काठमाडौं । पूर्व जनमोर्चा अर्थात् नेकपा मसालसँग सम्बद्ध राष्ट्रिय जागरण परिषदको टोली पुस १६ गते माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल हुने भएको छ ।

मंगलबार राजधानीमा नेकपा एकीकृत समाजवादी पार्टी र नेकपा (जनवादी) पार्टीबीच भएको एकता घोषणासभामा दिइएको जानकारीअनुसार साध्यबहादुर भण्डारी नेतृत्वमा राष्ट्रिय जागरण परिषदको टोली नेकपा एकीकृत समाजवादीमा सामेल हुने भएको हो ।

एकता घोषणासभालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेमा रहेका केही साथीहरु पनि आफ्नो पार्टीमा सामेल हुनका लागि छलफल गरिरहेको जानकारी दिए । उनले आज बिहानमात्र एमालेका केही नेतासँग यसबारेमा छलफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्