Logo
Logo

सस्तो लोकप्रियतामा लाग्दा गृहमन्त्रीले चेन अफ कमाण्ड बिर्सिए


97.1k
Shares


काठमाडौैं । सस्तो लोकप्रियताकोपछि लाग्दा गृहमन्त्री बालकृष्ण खाणले सुरक्षा निकायको चेन अफ कमाण्ड बिर्सिएका छन् । गृहसचिव र आइजिपीलाई जानकारी नदिई सिधैं उनी एआइजी र डिआइजीलाई निर्देशन दिन थालेको छ ।


कैलालीका विभिन्न क्षेत्रमा अपराध बढेको गुनासो आएपछि त्यसमा उनले थप प्रहरी खटाउन भन्दै एआइजी र डिआइजीलाई निर्देशन दिएका हुन् , कैलालीको लम्कीमा प्रहरी नायव उपरीक्षकको नेतृत्वमा र कैलालीकै जानकी गाउँपालिका वडा नं ९ अमरावतीमा प्रहरी नावय निरीक्षकको नेतृत्वमा सुरक्षा फौज खटाउन उनले मंगलबार प्रहरी प्रधान कार्यालयका अतिरिक्त प्रहरी महानिरीक्षक विश्वराज पोखरेल र सुदूरपश्चिम प्रहरी प्रमुख पुरुषोत्तम कँडेललाई निर्देशन दिएका हुन् ।


कैलालीको जानकी गाउँपालिका–काठमाडौँ सम्पर्क समितिले बुझाएको ध्यानाकर्षण पत्र मंगलबार सिंहदरबारमा बुझ्दै गृहमन्त्री खाणले पोखरेल र कँडेललाई तत्काल सुरक्षा फौज र अहिले रहेको भन्दा माथिल्लो दर्जाको अधिकृतलाई नेतृत्वमा खटाउन निर्देशन दिएका हुन् । त्यस्तै, गृहमन्त्री खाणले प्रहरी प्रधान कार्यालयलाई अमरावती प्रहरी कार्यालयमा सवारी साधनको व्यवस्था गर्न पनि निर्देशन दिनुभएको छ ।


जबकी प्रहरीमा जनशक्ति र स्रोत साधनको अभाव छ । यसरी मन्त्रीले निर्देशन दिएलगत्तै थप जनशक्ति र गाडी दिन सक्ने अवस्था प्रहरीकै छैन । तर पनि सस्तो लोकप्रियताका लागि उनले यस्तो निर्देशन दिएकोमा प्रहरी अधिकारीले आश्चर्य मानेका छन् । सुरक्षालाई बलियो बनाउन प्रहरीलाई बलियो बनाउनुपर्नेमा त्यसतर्फ भने उनको कुनै चासो छैन । भ्रष्ट प्रहरीलाई उनले महत्वपूर्ण जिल्लाको इन्चार्ज दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्