काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले नवलपरासीमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले नवलपरासी जिल्लाको सुनवल नगरपालिकाको जर्गाहामा यही ८९औँ शाखारहित बैंकिङ सेवा विस्तार गरेको हो । सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी लक्ष्मण आचार्य व्यावसायिक प्रतिनिधि नियुक्त भएका छन् ।
उक्त शाखारहित बैंकिङ सेवाबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरि फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटिएम र ८९ वटा शाखारहित बैंकिङ एकाइहरुबाट करिब १२ लाख ८० हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।