Logo
Logo

जोर्डनमा सांसदहरुबीच कुटाकुट ! (भिडियो)


2.3k
Shares

काठमाडौं । जोर्डनको संसदमा सांसदहरुबीच कुटाकुट भएको छ । विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच संसदभित्रै कुटाकुट भएको हो ।

सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि विवाद चर्किएको भिडियो देख्न सकिन्छ । संसद भवनभित्र भएको विवादबारे सामाजिक सञ्जालमा राखिएका भिडियोमा सांसदहरु एक अर्कालाई मुक्का हानेको तथा उपसभामुख भुइँमा ढलेको देखिन्छन् ।

उसभामुख ढलेपछि केही सांसदहरुले होहल्ला गरेका थिए । संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभाविक मन्तव्य दिएपछि साँसदहरुबीच चर्काचर्की भएको हो । त्यसपछि ती सांसदलाई आफ्नो भनाई फिर्ता लिन र क्षमा माग्न विपक्षी सांसदहरुले माग गरेका थिए ।

हेर्नूहोस् भिडियो

प्रतिक्रिया दिनुहोस्