Logo
Logo

सनराइजका तीन स्थानमा शाखारहित बैंकिङ सेवा


189
Shares

काठमाडौं । सनराइज बैंकले थप तीन स्थानमा शाखारहित बैंकिङ सेवा विस्तार गरी सुरु गरेको छ । बैंकले उदयपुर, सुनसरी र कैलाली जिल्लामा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।

बैंकले उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडिया, सुनसरीको दुहबी नगरपालिका–८ जुटमिलचोक र कैलाली जिल्लाको भजनी नगरपालिका–४ खैलाडमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।

उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ संख्या ८३ पुगेको छ । बैंकले सेवा सञ्चालनका लागि जुटमिलचोकका अमनकुमार शाह, खैलाडका स्थानीय व्यवसायी जितेन्द्र चौधरी र हडियाका तारानाथ पौडेललाई व्यावसायिक प्रतिनिधिका रूपमा नियुक्त गरेको छ । शाखारहित बैंकिङ सेवाबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवासमेत उपलब्ध गराइने बताइएको छ ।

बैंकले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पु¥याउने उद्देश्यले शाखारहित बैकिङ सेवा विस्तार गर्दै आएको छ । बैंकको हाल १३९ शाखा, १२ एक्सटेन्सन काउण्टर, १६१ एटिएम र ८३ शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्