Logo
Logo

अधिकांश स्थानमा बर्षा, उडान प्रभावित


1.3k
Shares

काठमाडौं । काठमाडौंबाट हुने हवाई उडानहरु प्रतिकूल मौसमका कारण प्रभावित भएका छन् । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परिरहेकाले उडान प्रभावित भएको हो ।

प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण उडानहरु प्रभावित भएको एयरलाइन्स कम्पनीहरुले सूचना जारी गरेका छन् । डोल्पा, लुक्ला, सिमिकोट लगायतका स्थानका सबै उडान रद्ध भएका छन् ।

पोखरा र नेपालगन्जको मौसम खराब भएका कारण ती स्थानहरुमा पनि जहाजहरु उड्न नसकेको विमानस्थल कार्यालयले जनाएको छ । अन्य गन्तव्यको उडान पनि ढिलो भएको छ ।

प्रतिक्रिया दिनुहोस्