Logo
Logo

प्राथमिक तहमा १३ हजार ९३ जना शिक्षक माग (विज्ञापनसहित)


1.4k
Shares

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको तृतीय श्रेणी शिक्षक पदमा विज्ञापन खुलाएको छ । आयोगले १३ हजार ९३ जनाका लागि विज्ञापन खुलाएको हो ।

प्रदेश १ मा ३ हजार ३ सय ३२, प्रदेश दुईमा १ हजार ३ सय २५, वाग्मतीमा २ हजार ५ सय २३, गण्डकीमा २ हजार २ जनाका लागि विज्ञापन गरिएको छ । त्यस्तै लुम्बिनीमा २ हजार ६०, कर्णालीमा ८ सय ३२ र सुदूरपश्चिम प्रदेशमा १ हजार १९ पदमा विज्ञापन गरेको छ ।

खुला तथा समावेशी पदमा प्रतियोगितात्मक परीक्षामाफर्त स्थायी पदपूर्ति गर्न विज्ञापन माग गरिएको आयोगले जनाएको छ । योग्यता पुगेका उम्मेदवारले अनलाइन दरखास्त दिन सक्नेछन् ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्