Logo
Logo

‘चर्च जान्छु’ भनेर हिँडेकी महिला पाँच दिनदेखि सम्पर्कविहीन


1.1k
Shares

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ बडहरेकी ४० वर्षीया नीरमाया नेपाली पाँच दिनदेखि सम्पर्कविहीन भएकी छन् । उनी यही पुस १० गतेदेखि घर छाडेर हिँडेकी र अहिलेसम्म सम्पर्कमा नआएको उनको परिवारले जनाएको छ ।

‘चर्च जान्छु’ भनेर घरबाट हिँडेकी नेपाली नभेटिएपछि उनको परिवार चिन्तामा छ । उनका श्रीमान् लक्ष्मणले श्रीमतीको केही पत्तो नलागेको जानकारी दिनए । नीरमायाको मोबाइलसमेत अफ रहेको उनले बताए ।

सम्पर्कविहीन भएपछि उनको खोजवीनका लागि प्रहरी चौकीमा जानकारी गराइएको छ । थर्पु प्रहरी चौकीका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले सम्पर्कविहीन नेपालीको खोजी भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्