Logo
Logo

रौतहट दुर्घटनामा परी घाइते भएका दुई जनाको मृत्यु


693
Shares

रौतहट । रौतहटमा सवारी दुर्घटनामा परी ६ जनाले ज्यान गुमाएका छन् । जन्ती बोकेको भारतीय नम्बर प्लेटको स्कोर्पियो दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ चार घाइतेमध्ये दुई जनााको पनि मृत्यु भएको छ ।

जिल्लाको गौर–चन्द्रपुर सडक खण्डको सखुअवा र जयनगरको बीचमा ९ जना सवार रहेका बिआर ०५ पिए ६९५३ नम्बरको भारतीय स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घटनामा परी मृत्यु हुनेमा गढीमाई नगरपालिका–३ गम्हरिया टोल बस्ने १६ वर्षीय शेष नौसाद, २२ वर्षीय शेष सैनुल्लाह, २५ वर्षीय छोटु भन्ने शेष अफताब, ५५ वर्षीय डाक्टर मोसाफिर अन्सारी, ४० वर्षीय शेष अबुलेस र १७ वर्षीय शेष अजिबुल्लाहको रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन् ।

यस्तै दुर्घटनामा घाइते भएका सोही स्थानका १५ वर्षीय शेष अमानत र १७ वर्षीय शेष करिमुल्लाहको गरुडाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । यस्तै अर्का घाइते १६ वर्षीय शेष अल्फाजको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्