Logo
Logo

हुलाक टिकटमा सगरमाथाको नयाँ उचाई


378
Shares

काठमाडौं । सरकारले सगरमाथाको नयाँ उचाईसहितको हुलाक टिकट प्रकाशन गरेको छ ।

बुधबार सिंहदरबारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर उचाई उल्लेख गरिएको सगरमाथाको तस्बिरअंकित हुलाक टिकटमा टाँचा लगाई सार्वजनिक गरेका हुन् ।

त्यस्तै आठ हजार मिटर भन्दा बढि उचाई भएका कञ्चनजंगा, मनास्लु, अन्नपूर्ण लगाएतका ७ वटा हिमाल अंकित हुलाक टिकट प्रकाशन गरिएको छ । त्यस्तै बिभिन्न पदमार्ग, मिथिला आर्ट लगाएत समावेश गरिएको सन २०२१ को हुलाक टिकटहरुको प्रथम दिवसीय आवरणमा मन्त्री कार्कीले टाँचा लगाएका थिए ।

कार्यक्रममा मन्त्री कार्कीले हुलाक टिकले देशको आर्थिक , जैविक, सामाजिक, धार्मिक, राजनीतिक, भौगोलिक, सास्कृतिक र ऐतिहासिक महत्वलाई विश्वसामू प्रस्तु गर्न मद्धत मिल्ने विश्वास व्यक्त गरे । बभिन्न डिजाइनमा तयार गरिएको हुलाक टिकटको दर रु १० र २० रुपैया कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्