Logo
Logo

यस्तो छ आज दिनभरीको मौसम पूर्वानुमान


3.6k
Shares

काठमाडौं । देशमा हाल पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भइरहेको छ । त्यस्तै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात भइरहेको छ ।

महाशाखाले वर्षा र हिमपातको सम्भावना रहेको कारण चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।

आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरूका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्