Logo
Logo
माओवादीको आठौं महाधिवेशन

प्रचण्डको प्रतिवेदनमाथि बाँकी समूहले सुझाव दिँदै


945
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जारी आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि ११ वटा समूहले आफ्नो धारणा राखिसकेका छन् ।

काठमाण्डौको कमलादीमा रहेको नेपाल प्रज्ञा भवनको सभाहलमा जारी बन्द सत्रमा हिजो (बुधबार) ११ वटा समूहका संयोजकले प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष सुनाएका थिए ।

आज बाँकी १४ समूहले निष्कर्ष सुनाउँदैछन् । बन्दसत्रमा प्रचण्डले प्रस्तुत गरेको राजनीतिक तथा वैचारिक प्रतिवेदनमा छलफलका लागि विभिन्न २५ वटा समूह बनाइएको थियो ।

माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङका अनुसार आज बिहान ११ बजेदेखि बाँकी १४ समूहले छलफलका निष्कर्ष राख्नेछन् । बुधबार (हिजो) सुझाव तथा निष्कर्ष राख्दै प्रतिनिधिले नेपाली समाजवादी क्रान्तिका आधारहरु के–के हुन् भन्ने बारेमा स्पष्ट हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्