Logo
Logo
माओवादीको आठौं महाधिवेशन

प्रचण्डको प्रतिवेदनमाथि १४ समूहले सुझाव दिँदै


378
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेसनको पाँचौ बन्दसन्त्र सुरु भएको छ ।

काठमाडौँको प्रज्ञा भवन कमलादीमा जारी बन्दसत्रमा अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देव गुरुङले पेस गरेको अन्तरिम विधानको मस्यौदामाथि बन्दसत्रमा धारणा राख्ने काम भइरहेको छ ।

उनीहरुको प्रतिवेदनमाथि छलफल गर्न २५ समूहमा विभाजन गरेर छलफल भएको थियो । उक्त छलफलको निष्कर्ष समूहका नेताहरुले बुधबार (हिजो)देखि सुनाउने क्रम जारी छ ।

बुधबार (हिजो) ११ समूहले आफ्नो निष्कर्ष सुनाएको थियो । आज बाँकी १४ समूहले आफ्नो निष्कर्ष सुनाउने र अध्यक्ष प्रचण्डले जवाफ दिँदैछन् ।

। बुधबार (हिजो) सुझाव तथा निष्कर्ष राख्दै प्रतिनिधिले नेपाली समाजवादी क्रान्तिका आधारहरु के–के हुन् भन्ने बारेमा स्पष्ट हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्