काठमाडौं । ग्लोबल आइएमई बैंकले १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकको सुविधालाई ध्यानमा राखी कार्ड तथा डिजिटल बैंकिङमार्फत गरिने कारोबारहरुमा छुट तथा क्यासब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।
बैंकले वार्षिकोत्सवको अवसर पारेर ग्राहकलाई पुस १५ गतेबाट माघ १५ सम्म (१ महिना)का लागि मोबाइल बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराउने छ ।
यसका साथै वार्षिकोत्सवकै अवसर ग्राहकलाई थप छुट प्रदान गर्ने उद्देश्यका साथ पहिलोपटकको क्यूआर कारोबार, पस मेसिनमार्फत गरिने कारोबार तथा इकम कारोबारमा १५ प्रतिशत अथवा रु ३०० सम्म क्यासब्याक प्रदान गर्ने बैंकले जनाएको छ । पुस १७ गतेदेखि लागू हुने क्यासब्याक योजना सीमित अवधिका लागि रहने जनाएको छ ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजना ल्याएर ग्राहकलाई लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८७ शाखा, २५२ एटीएम, २६३ शाखारहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।