Logo
Logo

जिप दुघर्टनामा मृत्यु भएका ६ जनाको सामूहिक अन्त्येष्टि


504
Shares

रौतहट । गत मंगलबार स्कार्पीयो जिप दुघर्टनामा मृत्यु भएका ६ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ । मुस्लिम संस्कार अनुसार उनीहरूको सामूहिक अन्त्येष्टि गरिएको हो ।

रौतहटको गौर चन्द्रनिगाहपुर सडकखण्डको गरुडा नगरपालिका–१ जयनगरमा भारतीय नम्बर बिआर०५पिए६९५३ नम्बरको जिप दुर्घटना हुँदा एउटै टोलका ६ जनाको मृत्यु भएको थियो ।

गाँउकै छिमेकी शलाउदिनको छोरा शेख इमारानको बिहेमा जन्ती हिँडेका मध्ये १६ वर्षीय शेख नौसाद, २२ वर्षीय शेख शैनुल्लाह, २५ वर्षीय शेख छोटु, १५ वर्षीय शेख अजिबुल्लाह, ५५ वर्षीय मुसाफिर अन्सारी र ४५ वर्षीय शेख अबुलेसको दुर्घटनामा मृत्यु भएको थियो ।

नगरकटियाबाट गम्हरीयाको लागि जन्ती हिँडेको जिपमा ९ जना सवार रहेका थिए । गाडी अनियन्त्रित भएर सडकभन्दा २९ फिट तल हिलोमा खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने चार जनाको उपचारका क्रममा मृत्यु भएको थियो । अन्य ३ जना अहिले उपचाररत छन् ।

घाइते शेख अलफाजको वीरगंजमा उपचार भइरहेको छ भने शेख अमानत र शेख करिमुल्लाहको गरुडामा उपचार जारी रहेको इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले बताए । फरार रहेका चालकको खोजी भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्