Logo
Logo
माओवादीको आठौँ महाधिवेशन

महाधिवेशनबाटै नेतृत्व चयन गर्न माग


504
Shares

काठमाडौं । नेकपा माओवादीको आठौँ राष्ट्रिय महासिधवेशनअन्तर्गत आज पनि बन्दसत्र जारी छ । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि बाँकी रहेका समूहले आफ्नो सुझाव पेस गरिरहेका छन् ।

सोक्रममा महाधिवेशनबाटै पार्टी नेतृत्वसहितको केन्द्रीय कमिटी र पदाधिकारी चयन गरिनुपर्ने माग उठेको छ । बिहीबार महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा समूह १३ का टोली नेता गोपाल शर्माले प्रतिनिधिबीच छलफलबाट यस्तो निष्कर्ष आएको बताएका हुन् ।

उनले भने, ‘हालै सम्पन्न जबस संगठनहरुमा नेतृत्व र पदाधिकारीबिहीन बनाएर राजनीतिमा राम्रो सन्देश गएको छैन । महाधिवेशनमा पनि यो स्थिति पैदा हुनुहुँदैन । माथिल्लो तहका कमजोरीले तल्लो तहमा देखिएको उत्साहलाई समेत कमजोर बनाइएको छ । महाधिवेशनबाटै पदाधिकारी चयन गरिनुपर्छ ।’
उनले युवा नेतृत्वलाई अवसर सिर्जना पार्टीमा हुनुपर्ने, शीर्ष नेताले निश्चित समयमा जिम्मेवारीबाट बिदा प्रणालीको विकास हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि पार्टीबाट पहल हुनुपर्ने जस्ता सुझाव बन्दसत्रमा राखेका छन् ।

प्रचण्ड पथलाई विचारधाराको रुपमा अघि बढाइनुपर्ने भन्दै प्रचण्डपथलाई ब्युँताइए पश्चगमन हुन्छ भनेर राजनीतिक प्रतिवेदनमा प्रस्तुत गरिनु आफैंमा विरोधाभाष हुने उनको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्