Logo
Logo

नेपाली महिला भलिबल टोली स्वदेश फर्किए


630
Shares

काठमाडौं । बंगलादेशको ढाकामा सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपमा उपाधि विजेता नेपाली महिला राष्ट्रिय भलिबल टोली स्वदेश फर्किएका छन् । बिहीबार महिला टोलीसँगै चौथो भएको पुरुष टोली पनि स्वदेश फर्किएको छ ।

भलिवल टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथक, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमन शर्मा, उपाधि निरोज मास्केलगायतले स्वागत गरेका थिए । उनीहरुलाई बाजागाजासहित स्वागत गरिएको थियो ।

मंगलबार सम्पन्न सेन्ट्रल जोनमा महिला टोलीले उपाधि जितेको हो । पुरुष टोली भने चौथो भएको थियो । ६ राष्ट्र सहभागी सेन्ट्रल जोनमा महिला टिमले उज्वेकिस्तानलाई फाइनलमा ३–२ ले पारजित गर्दै दोस्रोपटक उपाधि जितेको हो ।

प्रतिक्रिया दिनुहोस्