Logo
Logo

फरक मत भनेर विवाद हुने विषय आएको छैन : प्रचण्ड


882
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्दसत्रमा फरक मत भनेर विवाद हुने विषय नआएको दावी गरेका छन् ।

बिहीबार महाधिवेशनस्थल प्रज्ञा भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्र्रचण्डले बन्दसत्रमा आफ्नो प्रतिवेदनलाई सहयोग नै पुग्नेगरि सुझाव आएको र कुनै विवाद नभएको भन्दै भ्रममा नपर्न आग्रह गरे ।

उनले आफ्नो दस्तावेजलाई परिमार्जन गर्न सहयोग पुग्ने ढंगले नै फरक मत र विचार आएको जिकिर गरे । लेखनाथ न्यौपानेको फरक मत पनि आफूले हेरेको र आफूलाई सहयोग पुग्नेगरिनै सुझाव आएको उनले बताए ।

समूहगत छलफलका सवै समूहले आफ्नो प्रस्तावलाई समर्थन गर्दै केहि परिमार्जन गर्न सुझाव दिएको उनले बताए । उनले शुक्रबार उठेका प्रश्नको जवाफ दिएर केन्द्रीय समितिको निर्वाचन हुने र त्यसपछि पदाधिकारीको निर्वाचन हुने जानकारी दिए ।

प्रचण्डले महाधिवेशन व्यवस्थीति र अनुशासित रुपमा अघि बढिरहेको जिकर गरे ।

प्रतिक्रिया दिनुहोस्