Logo
Logo

गृह मन्त्रालयमा सहसचिवको हस्ताक्षर कीर्ते गरेर कर्मचारीले लिए भत्ता


5.9k
Shares


काठमाडौं । गृह मन्त्रालयमै कीर्ते काम भएको छ । न्त्रालयमा कार्यालय केही कर्मचारीले सहसचिवको कीर्ते हस्ताक्षर गरेर भत्ता लिएका छन् । भ्रमणमा गएको नक्कली आदेश र बील बनाएर कर्मचारीले लेखा शाखाबाट भुक्तानी लिएका हुन् ।


मन्त्रालयले यसमा संलग्न तीन जना करारका कर्मचारीलाई हटाएको छ । गृह सचिवको सचिवालयमा काम गर्ने कर्मचारी हरिचन्द्र शाहीले सहसचिव हुमकला पाण्डे लगायत कर्मचारीको कीर्ते हस्ताक्षर गरेर भुक्तानी लिएका हुन् । उनीसँग मिलेमतो देखिएका कार्यालय सहयोगीद्वय मिरा घिमिरे र निसा पुनलाई मन्त्रालयले हालै हटाएको हो ।


लामो समयदेखि उनीहरुले त्यसरी भ्रमण काजको आदेश आफैं स्वीकृत गरी भत्ता लिदै आएको खुलेको छ । जुनसुकै सहसचिवले पनि भ्रमण काजको आदेश स्वीकृत गर्न सक्ने भएकाले विभिन्न सहसचिवको हस्ताक्षर कीर्ते गरेका हुन् ।


गत २ पुसमा सहसचिव हुमला पाण्डे हस्ताक्षर भई भ्रमण भत्ता भुक्तानीका लागि लेखा शाखा पुगेको थियो । लेखा शाखाका कर्मचारीले शंका लागेर सोध्दा कार्यालय सहयोगी शाहीले कीर्ते गरेको खुलेको हो । त्यसअघि पनि पटक पटक उनले आफ्नो तथा अन्य कार्यालय सहयोगीको नाममा त्यसैगरी पैसा लिदै आएको खुलेको छ । सहसचिवकै कीर्ते गर्नेलाई हटाएपनि घटनालाई गुपचुप राखी मन्त्रालयले कानुनी कारबाहीतर्फ मन्त्रालयले चासो दिएको छैन ।


आफुले कर्मचारीलाई भ्रमण काजमा नपठाउने तर आफ्नो समेत हस्ताक्षर कीर्ते गरिएको सहसचिव पाण्डेले बताइन् । ‘त्यसमा संलग्न कर्मचारीलाई मन्त्रालयले कारबाही गरिसकेको छ,’ उनले भनिन् । अन्य सहसचिवको समेत हस्ताक्षर कीर्ते भएको खुलेको छ । यसले गृह मन्त्रालयमा भ्रमण भत्ताका नाममा बजेटको दुरुपयोग पनि प्रष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्