Logo
Logo

इन्सपेक्टर र असइ भर्नामा ५० प्रतिशतको मापदण्ड लागू हुने


436.5k
Shares


काठमाडौं । नेपाल प्रहरीको इन्सपेक्टर र असइ भर्नामा नयाँ मापदण्ड लागू हुने भएको छ । अब रिक्त पदमध्ये ५० प्रतिशत भर्नाबाट तथा ५० प्रतिशत बढुवाबाट पदपुर्ती हुने भएको छ ।


हाल भर्नाबाट ६० प्रतिशत पदपुर्ती हुन्छ । यसले तल्लो तहका प्रहरीको करिअरमा समस्या भएपछि संशोधन हुन लागेको हो । हाल मन्त्रिपरिषद्को समितिमा रहेको प्रहरी नियमावली संशोधनको मस्यौदामा यो प्रावधान राख्न लागिएको प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले बताए ।


सोही नियमावलीमा पेन्सनको न्यूनतम अवधि १६ वर्ष बनाउन लागिएको छ । सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ सइ पद थप्ने निर्णय त यसअघि नै भइसकेको छ ।


१६ वर्षे पेन्सन र भर्नामा ५०–५० को मापदण्ड पनि राख्ने विषयमा छलफल चलिरहेकाले नियमावली संशोधनेका निर्णय लम्बिएको हो ।

प्रतिक्रिया दिनुहोस्