मोरङ । रतुवामाई नगरपालिका–९ डिपो बस्ने ५७ वर्षीय दिपनारायण धामीको उनकै छोराको कुटपिटबाट मृत्यु भएको छ ।
मादक पदार्थ सेवन गरी हो–हल्ला गरेको बिषयलाई लिएर उनकै छोरा ३६ वर्षीय अर्जुन धामीले मंगलबार कुटपिट गर्दा दिपनारायणको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले अर्जुनलाई पक्राउ गरेको छ । घाइतेको अरनिको अस्पताल उर्लाबारी हुँदै नोबेल अस्पताल बिराटनगरमा थप उपचारपछि घरतर्फ लैजाने क्रममा बिहीबार साँझ बाटोमै मृत्यु भएको हो ।