काठमाडौं । वेटरका रुपमा राखिएकी किशोरीलाई वेश्यावृत्ति धन्दामा लगाएको आरोपमा जडिबुटीका एक रेष्टुरेन्टका सञ्चालक पक्राउ परेका छन् । थापा रेष्टुरेन्ट एण्ड बारका सञ्चालक उमेश थापालाई मानव बेचबिखन अनुसन्धन ब्यूरोले पक्राउ गरेको हो ।
एक होटलमा वेटरको रुपमा कार्यरत किशोरीलाई उनले राम्रो तलब दिने आश्वासनमा आफ्नो रेष्टुरेन्टमा लगेका थिए । त्यहाँ आफुलाई वेश्यावृत्तिमा लगाइएको किशोरीको भनाई छ । दैनिक ५–६ जनासँग सम्बन्ध राख्न लगाउने गरेको पीडितले बताएकी छिन् ।
गत १० पुसमा प्रहरीले शक्ति समूहसँग मिलेर सो रेष्टुरेन्टमा छापा हानी थापालाई पक्राउ गरी पीडितको उद्धार गरेको हो ।