Logo
Logo

आजदेखि उपत्यकामा बिद्युत आपुर्तिको समस्या हुन्नः कुलमान घिसिङ


2.5k
Shares


काठमाडौं । आजदेखि उपत्यकामा विद्युत आपूर्तिमा समस्या नहुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गरी ट्रान्सफर्मरमा समस्या आएको यससम्बन्धि समस्या समाधान गरिएको बताए ।


‘अहिले बिजुली आयात दिउँसो मात्रै गरिरहेका छौँ। पिकिङको समयमा हाम्रै बिजुलीले धान्छ। अहिले पानी परेपछि लोड नसोचिएको बढ्यो। उपत्यकामा ३७ सय ट्रान्सफरमर रहेको छ। अहिले फिडरमा समस्या आएको होइन वितरण ट्रान्सर्फमरमा समस्या हो।’ उनल भने,‘ १८० किलोवाट भन्दा वितरण ट्रान्सफरमरले धान्दैन। त्यसलै अहिलेको समस्या आएको हो, उनले भने, ुकेही फिडरमा पनि आगलागी भएका छन्, त्यो हुँदा केही लामो समय लाइन जाने समस्या आएको हो ।’


दुईतिन महिनामा ३ सय ट्रान्सर्फमर परिवर्तन गरिसकेको भन्दै उनले बताए । अहिले ५० वटा ट्रान्सर्फमर इमाडोल क्षेत्रमा, बानेश्वरका ३० वटा ट्रान्सफर्मर, रत्नपार्क र कालधारा क्षेत्रमा पनि अहिले ट्रान्सर्फमर परिवर्तनको काम र मर्मत भइरहेको र आज बेलुकासम्म सबै काम सम्पन्न हुुने घिसिङको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्