काठमाडौं । नेपाल प्रहरीले त्रिवर्षिय अपराध नियन्त्रण तथा अनुसन्धान कार्य योजना(२०७८/७९–२०८०/८१) गृहमा बुझाउँदै प्रहरी प्रधान कार्यालयले बजेट बढाउन आग्रह गरेको छ । यो योजना स्वीकृतीको क्रममा गृहमा छ । अपराधीहरु हाइटेक बन्दै गएको र त्यस्तो किमिसको अपराधको अनुसन्धानमा धेरै स्रोत साधन आवश्यक हुने भन्दै यसका लागि बजेट बढाइदिन प्रहरीले आग्रह गरेको छ ।
वैज्ञानिक अनुसन्धान प्रणालीलाई प्राथमिकता दिन खासगरी बिधि बिज्ञान प्रयोगशालामा लगानी बढाउन आवश्यक भएको प्रहरी अधिकारी बताउँछन् । हाल उपत्यकाका बाहेक धरान र नेपालगञ्जमा मात्र प्रहरीको बिधि बिज्ञान प्रयोगशाला छ । धरान र नेपालगञ्जमा पनि हालै मात्र भिसेरा परीक्षणसम्बन्धि दुई मेसिन खरिद गरी प्रयोगशाला सुरु गरिएको हो । सातै प्रदेशमा प्रयोगशाला विस्तारको योजना प्रहरीको भएपनि बजेट अभावले अवरुद्ध बनेको छ ।
अपराध अनुसन्धानको कामलाई प्रभावकारी बनाउन प्ररहरीले राष्ट्रिय अपराध सूचना केन्द्र स्थापनाको प्रक्रिया अघि बढाएको, डिएनए परीक्षणलाई परिष्कृत गर्न प्रमाण संकलनसम्बन्धि निर्देशिका बनाइएको र मल्टी–सोर्स क्रिमिनल प्रोफाइलिङको काम सुरु गरिएको प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले बताए । त्यस्तै प्रहरीले राष्ट्रिय सूचना अपराध केन्द्रको पनि स्थापना गरेको छ ।