काठमाडौं । सिराहाका एसपी हिराबहादुर पाण्डेलाई प्रहरी प्रधान कार्यालयले हटाएको छ । उनको ठाउँमा एसपी अर्जुन प्रसाद तिमल्सिनालाई पठाइएको छ ।
कांग्रेस जिल्ला सभापति रामचन्द्र यादबसँगको विवादमा उनलाई हटाइएको हो । यादबलाई पाण्डेले धम्काएको उजुरी परेपछि गृहमन्त्री बालकृष्ण खाणले उनलाई हटाउन लगाएका हुन् ।
एसपी पाण्डे सिके राउत समूहको आन्दोलनसँग लडिरहेका थिए । राउतले एसपी पाण्डेलाई धम्की दिएका थिए ।