काठमाडौं । लक्ष्मी बैंकले सञ्जाल विस्तार गर्ने क्रममा दशौँ ंएक्स्टेन्सन काउण्टर काठमाडौंको नयाँबानेश्वरस्थित नागरिक लगानी कोषमा स्थापना गरेको छ ।
नयाँ एक्स्टेन्सन काउण्टरको स्थापनाको साथै लक्ष्मी बैंकको सञ्जाल ५० जिल्लामा १३८ शाखा, १० एक्स्टेन्सन काउण्टर, पाँच हस्पिटल सेवा काउन्टर, १७१ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्ट पुगेको छ ।
यसका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रियरुपमा सेवा विस्तार गर्दै आएको छ ।
यस एक्स्टेन्सन काउण्टरको विस्तारसँगै बैंकले ग्राहकलाई उनीहरुकै रोजाइको माध्यम अर्थात् शाखा कार्यालय, एटिएम, इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङ सेवा प्रदान गरी शहरी तथा अर्धशहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक महानुभावलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।