Logo
Logo

सचिवको रिक्त पदमा तीन सहसचिवको सिफारिस


16.1k
Shares


काठमाडौं । सचिवको रिक्त एक पदका लागि तीन जना वरिष्ठ सहसचिवको सिफारिस भएको छ ।


लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा बसेको बैठकले कृष्णबहादुर राउत, रामेश्वर दंगाल र मुकुन्द निरौलालाई सिफारिस गरेको हो । तीनमध्ये एक जनाको बिहीबार बढुवा हुने छ ।


रक्षासचिव बेगेन्द्र शर्मा पौडेलले गत साता अवकाश पाएका थिए । सोही पदमा बढुवा प्रक्रिया अघि बढेको हो । ज्येष्ठताका आधारमा राउतको बढुवा हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्