Logo
Logo

सिडिओसहित १० सहसचिवको सरुवा


56.6k
Shares


काठमाडौं ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवहरुको सरुवा गरेको छ । सरुवामा केही सिडिओको समेत सरुवा भएको छ ।


झापा, नवलपरासी तथा बाग्लुङका सिडिओको सरुवा भएको हो । झापाका श्रवण कुमार तिमल्सिनाको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नवलपरासीकी प्रमुख जिल्ला अधिकारी मनमाया पङ्गेनी भट्टराईको गण्डकी प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र बाग्लुङका सिडिओ शिव कुमार कार्कीको समावेशी आयोगमा सरुवा भएको छ ।

कर्णाली प्रदेशको आन्तरिक मामिलाका सचिव चक्र बुढाको अर्थ मन्त्रालय, सार्वजनिक वित्त तालिम केन्द्रका प्रमुख दिर्घराज मैनालीको प्रदेश नं. १ स्थित सामाजिक विकास मन्त्रालय, कर्णालीको आन्तरिक मन्त्रालयका सचिव झक्क आचार्यको सोही प्रदेशको आर्थिक मामिला मन्त्रालयमा सरुवा भएको छ ।


सहसचिव राजेश्वर ज्ञवाली सिडिओ हुने योजनासहित गृह मन्त्रालय पुगेका छन् । अक्तियार दुरुपयोग अनुसन्धान आयोग, आयोगका प्रवक्ता नारायण प्रसाद रिसालको पनि गृह मन्त्रालयमा सरुवा भएको छ । सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका भरत अर्यालको डिभिजन कार्यालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सहसचिव रिता जोशी भण्डारीको सुदूर पश्चिम प्रदेशस्थित सामाजिक विकास मन्त्रालयमा सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्