Logo
Logo

विराटनगर प्रवेश गर्नेलाई पीसीआर रिपोर्ट र खोप कार्ड अनिवार्य


3.2k
Shares

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले भारत हुँदै विराटनगर छिर्ने जोकोहीलाई पीसीआर रिपोर्ट र खोप कार्ड अनिवार्य गरेको छ । जोगबनी नाका हुँदै नेपाल प्रवेश गर्न कोरोना–१९ विरुद्धको खोप र ४८ घण्टाभित्र गरिएको कोरोना परीक्षणको रिपोर्ट अनिवार्य गरिएको हो ।

भारतमा कोभिड उच्च गतिमा फैलिएकाले नेपालमा संक्रमण रोक्न यस्तो निर्णय गरिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले जानकारी दिए । जिल्ला कोरोना व्यवस्थापन समितिको बैठकले भारतबाट नेपालमा कोरोना नभित्र्याउन यस्तो निर्णय गरेको हो ।

स्वास्थ्य सुरक्षा र सतर्कता अपनाउनसमेत प्रशासन कार्यालयले नागरिकलाई सचेत गराएको छ। भारतबाट नेपाल प्रवेश गर्नेहरूलाई होल्डिङ सेन्टरमा होल्ड गराउनेसमेत बैठकले निर्णय गरेको छ। कसैमा कोभिड भएमा विराटनगरका आइसोलेसनमा राखिने प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्