Logo
Logo

चीनमा पनि देखियो ओम्रिकोन, बेइजिङ ओलम्पिक प्रभावित हुन सक्ने


1.6k
Shares

काठमाडौं । चीनको राजधानी बेइजिङमा पनि कोरोना संक्रमणको नयाँ भेरियन्ट ओम्रिकोन देखिएको छ । चीनमा पहिलोपटक ओमिक्रोन देखिएको हो ।

बेइजिङमा केही सातापछि हिउँदे ओलम्पिक खेल आयोजना हुँदैछ । आगामी ४ फेब्रुअरीदेखि २० सम्म बेइजिङमा हिउँदे ओलम्पिक आयोजना हुँदैछ । तर, यसैबेला चीनमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छ ।

पहिलोपटक स्थानीय रुपमा फैलिएको ओमिक्रोन देखिएपछि कडा सतर्कता अपनाइएको चिनियाँ समाचार एजेन्सी सिन्हवाले जनाएको छ ।
कोभिडका कारण दक्षिणी सहर झुहाईमा यात्रा प्रतिबन्ध लगाएको एक दिनपछि बेइजिङमा कोरोनाको नयाँ संक्रमण देखिएको हो । संक्रमण फैलिएपछि सरकारले यसअघि विभिन्न सहरमा लकडाउन घोषणा गरिएको थियो । पछिल्ला साता चीनमा लाखौ्ँ मानिसलाई घरभित्रै बस्न निर्देशन दिइएको छ ।

चीनले जतिसुकै यात्रा प्रतिबन्ध लगाएपनि कोभिडलाई हिउँदे ओलम्पिक अगाडि शून्यमा झार्ने सरकारको नीति सफल नहुने प्यासिफिक युनिभर्सिटीका प्राध्यापक जुल्स ब्वाईकफले बताएका छन् छन् । उनका अनुसार पछिल्लो समय देखिएको नयाँ भेरियन्टले बेइजिङ हिउँदे ओलम्पिक प्रभावित हुने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस्