Logo
Logo

पर्यटन बोर्डका सीइओ धनन्जय रेग्मी सुन चोरी पैठारीमा संलग्न


12.7k
Shares

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी सुन चोरी पैठारीमा संलग्न भएको पुष्टि भएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलार्य लेखेको पत्रअनुसार रेग्मी सुन चोरी पैठारीमा संगल्न रहेको पुष्टि भएको हो । मन्त्रालयले रेग्मीमाथि छानविन गरिरहेको छ ।

भन्सार कार्यालयले मन्त्रालयलाई लेखेको पत्रअनुसार रेग्मीले ७ पुस २०७४ मा कतार एयरवेजको उडान नम्बर क्यूआर ७३० बाट नेपाल आउँदा बिस्कुट आकारका तीन थान सुन ल्याएका थिए । त्यसरी ल्याएको मध्ये ३० ग्राम सुन अवैध भेटिएको थियो ।

रेग्मीले अवैध सुन ल्याएको भेटिएकै दिन रेग्मीविरुद्ध भन्सार कार्यालयमा मुद्दा दर्ता भयो भएको थियो । उक्त मुद्दाको २०७७ भदौ २१ गते मा फैसला आयो थियो ।

प्रतिक्रिया दिनुहोस्