काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ ।
उनलाई आज बिहान एन्टिजेन्ट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । आलेले रूघाखोकी र पखला लागेपछि एन्टिजेन्ट परीक्षण गरेका थिए ।
सचिवालयका अनुसार उनको पिसीआरका लागि स्वाब समेत दिएका छन् । स्वाबको रिपोर्ट साझसम्ममा आउने बताइएको छ । हाल उनी निवासमा आराम गरिरहेका छन् ।