रौतहट । नक्कली मोबिल बिक्री गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । बाहिरबाट ब्राण्डडे कम्पनीको लोगो प्रयोग गरी कालो बजारी गर्दै आएका राजदेवी नगरपालिका वडा नं ९ का २८ वर्षीय राणा रौशन सिंह र ४२ वर्षीय हरेन्द्र कुमार सिंहलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
सिंहले सञ्चालन गरेको ‘जय शिव शक्ति अटोमोबाईल’ पसलमा र सो पसलनजिकै रहेको सुधिर साह तेलीको घरमा भाडामा गोदाम सञ्चालन गरी कालो बजारी गर्दै आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोबिल भरिएको ३ हजार बट्टाहरु बरामद गरिएको छ ।
पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।