काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले मधेस प्रदेसबाट अरु प्रदेशले पनि सिक्नुपर्ने बताएका छन् ।
आज बसेको प्रदेशसभाको बैठकले ‘मधेस’ प्रदेश कायम गरेपछि डा. भट्टराईले सो प्रक्रिया दिएका हुन् । उनले मधेस नामकरणले शहिद र योद्धाहरुको सम्मान भएको पनि बताएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेको डा. भट्टराईले सामाजिक सञ्जालमा भेका छन्– ‘जातीय, क्षेत्रीय पहिचान र अधिकार सहितका संघीय प्रदेशकोनिम्ति सहादत र उच्च बलिदान दिने जनयुद्ध, आन्दोलनका शहीद र योद्धाहरूको सम्मान गर्नुभएको छ । अरू प्रदेशहरूले पनि सिकून । जय मधेश प्रदेश !!’
मधेस प्रदेशका प्रदेशसभा सदस्यहरुलाई बधाइ पनि दिएका छन् ।
धेरै धेरै बधाइ तथा धन्यवाद मधेश प्रदेशका माननीय प्रदेशसभा सदस्यहरू ! तपाईंहरूले जातीय/क्षेत्रीय पहिचान र अधिकार सहितका संघीय प्रदेशकोनिम्ति सहादत र उच्च बलिदान दिने जनयुद्ध,मधेश विद्रोह/आन्दोलनका शहीद र योद्धाहरूको सम्मान गर्नुभएको छ।अरू प्रदेशहरूले पनि सिकून! जय मधेश प्रदेश!! https://t.co/Y3ktGk1MF1
— Baburam Bhattarai (@brb1954) January 17, 2022