काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयको अनुसार पीसीआर विधिबाट १७ हजार ८७२ जनाको परीक्षण गर्दा ८ हजार ७३० र ४ हजार ९५६ एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ५२८ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ४४ पुगेको छ ।
यही अवधिमा ५६२ जना निको पनि भएका छन् । हालसम्म देशमा कूल सङ्क्रमितमध्ये ८ लाख १७ हजार ५४७ जना सङ्क्रमणमुक्त भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ११ हजार ६२४ जनाको मृत्यु भएको छ ।