काठमाडौँ । अब खोप कार्डविना सार्वजनिक स्थानमा हिँड्डुल गर्न नपाइने भएको छ ।
मंगलबार गृह मन्त्रालयमा मंगलबार बसेको गृहमन्त्री बालकृष्ण खाँण संयोजकत्वको बैठकले माघ ७ गतेदेखि सार्वजनिक स्थानमा हिँड्डुल गर्दा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको हो ।
बैठकमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)का पदाधिकारी सहभागी थिए । बैठकले कोरोना संकट नियन्त्रणका लागि विभिन्न विषयमाथि छलफल गरी कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुलाई सिफारिस गर्ने निर्णय गरेको छ ।