Logo
Logo

प्रधासेनापतिविरुद्ध उपरथी कार्कीद्वारा उजुरी


6.9k
Shares

काठमाडौं । नेपाली सेनाका उपरथी अनन्त कार्कीले प्रधानसेनापतिविरुद्ध उजुरी दिएका छन् । आफ्नो पदावधि थपका लागि सिफारिसमा नपरेपछि प्रधानसेनापति प्रभुराम शर्माविरुद्ध उजुरी दिएका हुन् ।

उनले रक्षा मन्त्रालयमा उजुरी दिदै वरीयतामा आफूभन्दा पछाडि रहेका उपरथी सिताराम खड्का र ताराध्वज पाण्डेको मात्रै पदावधि थप भएको निर्णयप्रति आपत्ति जनाएका छन् ।

पूर्व प्रधानसेनापति पूर्णचन्द्र थापाको पालामा कार्कीसहित खड्का र पाण्डेको पदावधि थप गर्ने निर्णय जंगीअड्डाले गरेको भएपनि हालका प्रधानसेनापति शर्माले त्यस निर्णयलाई उल्ट्याएका कारण उनले उजुरी दिएका हुन् ।

सेनाको चार नम्बर उपरथीलाई पदावधी थपको पत्राचार नगरी जुनियर दुई उपथरीलाई पदावधी थपका लागि सिफारिस गरिएको उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्