Logo
Logo

राजनीतिक समन्वय समितिको बैठक स्थगित


315
Shares

काठमाडौं । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ । आज बस्ने बैठकमा स्थानीय तहको निर्वाचनको मिति तयलगायतका बिषयमा छलफल हुने भनिएको थियो ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बोलाइएको बैठक स्थगित गठबन्धनका एक नेताले बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव अगाडि गर्नुपर्ने प्रस्ताव राखेका छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाको निर्वाचन अगाडि गर्नुपर्ने पक्षमा छन् ।

मंगलबारको समन्वय समिति बैठकले यस विषयमा एक मत निर्माण गर्न बुधबार शीर्ष नेताहरुलाई छलफल गर्ने भनेको थियो । यसै सन्दर्भमा छलफल गर्न बिहीबार बैठक बोलाइएको थियो । तर प्रधानमन्त्रीको व्यस्तता देखाएर आजको बैठक बैठक स्थगित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्